काठमाडौँ।एकजना महाधिवेशन प्रतिनिधिले मतदान गर्दा करिब १ घन्टा लाग्ने गरी भइरहेको कांग्रेस महाधिवेशन अन्तर्गत निर्वाचनमा मतदान गर्दागर्दै मतपत्र सकिएको छ।मतपत्र नै नभएका कारण महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ।मतदान अधिकृतहरुले केहीबेरमा मतदान सुचारु हुने बताइए पनि प्रतिनिधिहरु आक्रोशित बनेका छन्।
कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यहरुका लागि निर्धारित समयभन्दा ढिला गरी सुरु भएको मतदानका क्रममा पनि मतपत्र अपुग भएपछि मतदान स्थगन भएको हो।