जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ दिने सरकारको निर्णय

कर्णाली अनलाइन १९ कार्तिक २०८०, आईतवार १०:०३

सुर्खेत।सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।आज (आइतबार) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ। यसका लागि रकम निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अटोरिक्सा दुर्घटना हुँदा घटनास्थमै दुई जनाको मृत्यु, एक घाइते

१९ कार्तिक २०८०, आईतवार १०:०३
सुर्खेत।जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा घटनास्थमै दुई जनाको मृत्यु भएको छ।गएराति जुम्ला सदरमुकाम खलंगाबाट देयार गाउँतर्फ जाँदै गरेको अटो रिक्सा हिमा गाउँपालिका-१ बड्कीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा हिमा गाउँपालिका-१ घर भएका अटो चालक ४५ वर्षीय पदमबहादुर शाही र सोही ठाउँका ४२ वर्षीय बली रोकायको मृत्यु भएको जिल्ला प्रहरी […]