बसपार्क दुर्घटना: आफन्तहरुद्वारा सडक अवरुद्ध

बसपार्कबाट छुट्ने छाेटाे तथा लामाे दुरीका सवारी साधन ठप्प

कर्णाली अनलाइन १ फाल्गुन २०७९, सोमबार ०७:४९

सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले विहानैदेखि आन्दोलन शुरु गरेका छन् । छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन् ।

उचित क्षतीपूर्ती र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडी, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तहरु आन्दाेलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छाेटाे तथा लामाे दुरीका सवारी साधन ठप्प छन् । दुर्घटनामा मृत्य भएकी रावत हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बामेखाेलामा बस्दै आएकी थिइन् । उनकाे शव पाेष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालकाे पाेष्टमार्टम गृहमा राखिएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘जनयुद्ध दिवस’का अवसरमा बैंकिङ कारोबार जारी राख्न राष्ट्र बैंकको निर्देशन

१ फाल्गुन २०७९, सोमबार ०७:४९
काठमाडौँ ।मन्त्रिपरिषद्काे निर्णय विपरित साेमबार ‘जनयुद्ध दिवस’का अवसरमा बै‍ंकिङ कारोबार जारी राख्न नेपाल राष्ट्र बैंकले सबै बैंकहरूलाई निर्देशन दिएकाे छ। सरकारले देशभर सार्वजनिक बिदा दिएपनि आज नगद कारोबार, चेक क्लियरिङलगायतका आवश्यक बैंकिङ काराेबार हुनेछन्। बैंकका अनुसार आज बिहान १० बजेदेखि दिउँसाे १:३० बजेसम्म सबै बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग […]