कालिकोट।नेकपा माओवादी केन्द्र कालिकोटका जिल्ला कमिटि सदस्य तथा सान्नित्रिवेणी गाँउकमिटि अध्यक्ष मोहनबहादुर केसी (महेश)ले गाँउपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन । सोमवार मनोनयन दर्ताको दोस्रो दिन निर्वाचन कार्यालय मेहलमुडिमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन।
नेकपा माओवादी केन्द्र कालिकोट भित्रका केही मुठिभरका मानिसहरुको हैकमवात ,दम्भ,घमण्ड ,निरङकुश सांङठानिक अराजकता र टिकट खोसी लिने प्रवृद्धिका विरुद्ध आज निर्वाचन अधिकृतको कार्यालय मेहेलमुडीमा आफुले स्वतन्त्रबाट गाँउपालिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिएको केसीले कर्णाली अनलाइनलाई जानकारी दिए ।