वीरेन्द्रनगरबाट लागूऔषधसहित २ जना पक्राउ

कर्णाली अनलाइन ११ जेष्ठ २०७९, बुधबार ०८:१५

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ शनिहलबाट लागूऔषधहित दुई जना पक्राउ परेका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३५ वर्षीय विकाश गौतम र वीरेनद्रनगर–९ का २९ वर्षीय दिपक थापा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा ४० मिलिग्राम शुद्व ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ (लागूऔषध) बरामद गरेको छ ।हाल २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कार्यालय सुर्खेतमा राखिएको प्रहरीको भनाई रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा

११ जेष्ठ २०७९, बुधबार ०८:१५
काठमाडौँ।विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्।गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उनले पदबाट राजीनामा दिएका हुन्। ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म […]