दैलेख।दैलेख जिल्ला अदालतले १७ वर्षिया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीया बाबुलाई ३३ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला न्यायधीश बलराम लम्सालको इजलासबाट सोमवार फैसला गरिएको हो।
बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्ष समेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको सुचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए।
फैसलामा ३ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ पीडित बालिकालाई क्षतिपुर्ति र रु २ हजार ८ सय पीडित राहत कोषमा पीडकबाट भराउने फैसला गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।

