तेस्रो कर्णाली एक्सपो – २०८० महोत्सव सञ्चालन गर्ने बाटो खुल्यो

कर्णाली अनलाइन १८ माघ २०८०, बिहीबार १६:४७

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले गर्न लागेको तेस्रो कर्णाली एक्सपो- २०८० महोत्सव सञ्चालन गर्ने बाटो खुलेको छ।उच्च अदालत सुर्खेतमा परेको रिटको अदालतबाट परामादेश पाएपछि कर्णाली एक्सपो गर्ने बाटो खुलेको हो। बुधबार उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर भट्टराई र काजीबहादुर राई संयुक्त इजालसले सो फैसला गरेको हो ।

‘निवेदकले अन्तिरिम आदेशको माग गरेको सम्बन्धमा बिचार गर्दा, सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ बमोजिम सार्वजनिक निकायका प्रमुख समक्ष निवेदन दिन सकिने र ऐ. ऐनको दफा ४९ मा पुनरावलोकन समिति समक्ष दिन सकिने भन्ने कानुनी व्यवस्थाका आधारमा रीट निवेदकको बोलपत्र स्वीकृत नभएको हकमा बैकल्पिक मार्ग उपचारको मार्ग अम्बलन नगरी सोझै अदालतमा गर्नुका साथै मेला महोत्सव जस्तो बिषयमा विपक्षी ओम शान्ति मुक्ति इभेन्ट म्यानेजमेन्टको आसयपत्र स्वीकृत भै कार्यदेशसमेत प्राप्त गरिसकेको यस अवस्थामा सुबिधा र सन्तुलन तथा विपक्षीहरुका तर्फबाट निवेदनसाथ पेश भएको दर्ता रजिष्टर समेतका आधारमा निवेदन माग बमोजिम बिपक्षीहरुका नाममा अन्तरिकम आदेश जारी गर्न मिलेन्’  फैसलामा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु

१८ माघ २०८०, बिहीबार १६:४७
काठमाडौं- संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन्। यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका […]