रवि लामिछानेको सांसद पद निलम्बन गरिएको विषय अन्तर्राष्ट्रियकरण गर्छौं: स्वर्णिम वाग्ले

'तीनकुने घटना र वाइडबडीको भ्रष्टाचार पनि अन्तर्राष्ट्रियकरण गर्छौं'

कर्णाली अनलाइन २३ चैत्र २०८१, शनिबार २०:४७

सुर्खेत।राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको विषय अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन्।

शनिबार चितवनबाट रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले बदनीयतपूर्ण ढंगले सभापति लामिछानेको सांसद पद निलम्बन गरिएको भन्दै त्यस विषयलाई अन्तर्राष्ट्रिय फोरममा पुर्‍याउने बताएका हुन्।

‘यत्रो भारी मतले जितेको व्यक्तिको सांसद पद निलम्बन गरियो, सांसदको भूमिका खुम्च्याउन खोजियो। जेनेभामा रहेको इन्टर पार्लियामेन्ट्री युनियन (आइपियु) लगायतका फोरमहरूमा यो मुद्दा पुर्‍याउनेछौं,’ उनले भने।

उपसभापति वाग्लेले तीनकुने घटना पनि अन्तर्राष्ट्रियकरण गर्ने बताए।’तीनकुनेको घटनामा सरकारले छानबिन नगरे पनि भोलि तिनीहरूले सभ्य मुलुकको भिसा नै नपाउने गरेर, तिनिहरूलाई ब्ल्याकलिस्ट हुने गरी मुद्दाको अन्तर्राष्ट्रियकरण गर्नेछौं,’ उनले भने।

त्यति मात्रै होइन वाइडबडीमा भएको भ्रष्टाचार प्रकरणलाई पनि अन्तर्राष्ट्रियकरण गर्ने बताए।  ‘वाइडबडीमा तिनीहरूले खाएको घुसबारे पनि अमेरिकी अदालतमै मुद्दा हालेर तिनीहरूको नाम सार्वजनिकको पहल गर्नेछौं,’ उनले भने।

त्यसकारण हेप्न, पेल्न र कुल्चन सकिन्छ भने पनि अहिलेको सरकारको अन्तर्राष्ट्रिय हैसियत नभएको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा हाइस दुर्घटनामा चालक घाइते

२३ चैत्र २०८१, शनिबार २०:४७
सुर्खेत।सुर्खेतबाट दैलेख सदरमुकामका लागि छुटेको हाइस दैलेखको रिठा नजिक शनिवार दुर्घटना भएको छ। लु २ ख ६९५३ नम्बरको हाइस दुर्घटनामा परेको हो ।दुर्घटनामा चालक घाइते भएका छन् । दैलेखको महाबु गाउँपालिका५ काशिकाँधका २३ वर्षीय तिलक बमको खुट्टामा चोट लागेको ट्राफिक कार्यालय दैलेखका इञ्चार्ज प्रहरी हवल्दार दशरथ थापाले बताए । घाइते […]