‘ए’ डिभिजन लिग : थ्रीस्टार र एपीएफबीचको खेल गोलरहित बराबरी

कर्णाली अनलाइन २७ मंसिर २०७८, सोमबार ०७:२०

काठमाडौँ ।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले एकरएक अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्रीस्टार र एपीएफले गोलरहित बराबरी खल्दै एकरएक अंक बाँडे । यस बराबरीसँगै एपीएफले लिगको चौथो खेलमा एक अंक जोडेको छ ।

अघिल्ला तीन खेलमा एपीएफ लगातार पराजित भएको थियो । एपिएफले एक स्थान सुधार गर्दै लिगमा १३औँ स्थानमा उक्लिएको छ । पुछारमा रहेको जावलाखेल युथ क्लब अंकविहीन छ ।

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १–० गोलले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४–१ गोलले पराजित भएको थियो ।

त्यस्तै थ्रीस्टारले ४ खेलमा ५ अंक जोडेको छ । थ्रीस्टार अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । थ्रीस्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० गोलले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १–० गोलले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । खेलमा एपीएफका प्रदिप लामा म्यान अफ दि म्याच घोषित भए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस महाधिवेशन ३ घण्टा ढिलो गरी मतदान सुरु

२७ मंसिर २०७८, सोमबार ०७:२०
काठमाडौँ ।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु […]