काठमाण्डौं । झापाको कमल गाउँपालिका- ५ सीतापुरीमा गएराति बसको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ ।लु १ ख ८८३६ नम्बरको बसको ठक्करबाट इलाम सूर्योदय नगरपालिका-१ सिर्जना टाेलका ३९ वर्षीय कमल राईको ज्यान गएको हो ।
प्रहरीले बस चालक रुपन्देही बुटवल नगरपालिका-९ बस्ने ५२ वर्षीय पूर्णबहादुर पौडेललाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय दमकले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

