बाँके राष्ट्रिय निकुञ्जमा चार वर्षमा चारवटा बाघ बढे

कर्णाली अनलाइन १३ श्रावण २०७९, शुक्रबार १४:२०

बाँके– बाँके राष्ट्रिय निकुञ्जमा चार वर्षमा चारवटा बाघ बढेको छ।पछिल्लो पटक गरिएको गणनाको रिपोर्ट अनुसार, बाँकेमा बाघको संख्या २५ पुगेको छ। सन् २०१८ मा बाँकेमा २१ वटा बाघ थिए। सन् २०१३ मा चारवटा बाघ थिए।

बाघ संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा आशातित बाघको संख्या बढ्न सकेन। बर्दियामा भने ३८ वटा बाघ बढेकाे छ। बाँके र बर्दिया निकुञ्ज जोडिएकाले बाघ दुवैतिर देखिएको हुन सक्ने बाँकेका वार्डेन श्यामकुमार शाहले बताए।

‘जंगल एउटै भयो। बाघ दुवैतिर देखिएर बर्दियातिर गणना भएको हुन सक्छ’, वार्डेन शाहले भने, ‘प्रतिवेदन हेर्न पाएको छैन। त्यो हेरेपछि वास्तविकता थाहा हुन्छ।’

२०६७ सालमा बाँके राष्ट्रि निकुञ्ज स्थापना गरिएको हो। बाघलाई नै फोकस गरेर स्थापना गरिएको निकुञ्जमै पछिल्लो गणनामा बाघ बढेको देखिएन।

निकुञ्ज अधिकारीहरू बाँकेमा बाघका लागि राम्रो बासस्थान, आहारा प्रजाति प्रशस्त रहेको बताउँछन्।

बाँके राष्ट्रिय निकुञ्ज र आसपासमा बाघले आधा दर्जन बढी मानिसलाई आक्रमण गरेको तथ्यांकले निकुञ्जमा बाघको संख्या धेरै बढेको आंकलन गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने १७ गते सुर्खेत आउँदै

१३ श्रावण २०७९, शुक्रबार १४:२०
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेत आउन लागेका छन् । पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बाेन्धन गर्न लामिछाने यहीँ साउन १७ गते सुर्खेत आउन लागेका हुन् । सुर्खेत आउन लागेका लामिछानेले वीरेन्द्रनगरस्थित सिटी हलमा आयाेजि‍त भेलालाई सम्बाेन्धन गर्ने कार्यतालिका छ । उनले पार्टिको आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘भ्रष्टाचारले […]