कर्णालीका पर्यटन मन्त्री कार्चेन चढेको गाडी दुर्घटना

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार १२:३१

सुर्खेत । कर्णाली प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’ सवार चढेको गाडी दुर्घटनामा परेको छ । सुर्खेत–दैलेख सडक खण्डको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा मन्त्री सवार गाडीलाई विपरित दिशाबाट आएको बोलेर जीपले ठक्कर दिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–१४ गढीमा रहेको होटल भ्याली भ्यूमा मन्त्रालयद्वारा आयोजित योजना तर्जुमा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मन्त्री सवार कर्णाली प्रदेश ००१ झ ००७६ नम्बरको गाडीलाई विपरित दिशाबाट आएको भे १ च २४७४ नम्बरको बोलेरो जीपले ठक्कर दिएको कार्यालयले जनाएको छ ।

दुर्घटनामा सवारीमा क्षती भएपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा मन्त्री सवार र वोलेरो गाडीमा क्षती पुगेको छ । दुर्घटनापछि मन्त्री कार्चेन अर्को सवारीमा कार्यक्रममा गएको र बलेरो जीप चालक वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षी प्रकाश अधिकारीलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक ( यस्तो छ घोषणापत्र )

६ बैशाख २०७९, मंगलवार १२:३१
काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा समाजवादीले तीनै नेताको फोटो समेत प्रयोग गरेको छ। आफूलाई एमालेको उत्तराधिकारीको रुपमा प्रस्तुत गर्दै एकीकृत समाजवादीले विगतमा पार्टीले गरेका बृद्धभत्तालगायतका कार्यक्रमलाई समेत घोषणापत्रमा समेटेको छ। […]