काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा समाजवादीले तीनै नेताको फोटो समेत प्रयोग गरेको छ। आफूलाई एमालेको उत्तराधिकारीको रुपमा प्रस्तुत गर्दै एकीकृत समाजवादीले विगतमा पार्टीले गरेका बृद्धभत्तालगायतका कार्यक्रमलाई समेत घोषणापत्रमा समेटेको छ।
एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ। उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ। त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ।
यस्तो छ घोषणापत्र :