‘वडाको विकास र समृद्धिको लागी पार्टीले जिम्मेवारी दिए चुनाव जित्छु’ -अध्यक्ष गिरी

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार १२:०४

कालिकोट।बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सवै राजनितिक दलहरुले आ-आफना उम्मेदवारहरु छनौट गर्ने रौनक चलिरहेको छ। नेकपा एमाले सान्नि त्रिवेणी गाँउपालिका वडा-१ को विकास र समृद्धिको लागी पार्टीले आफुलाई वडा अध्यक्षको जिम्मेवारी दिए आफुले वडा अध्यक्ष जित्ने नेकपा एमाले सान्नित्रिवेणी गाँउपालिका वडा न-१ का वडा कमिटि अध्यक्ष मन बहादुर गिरीको दाबी रहेको छ ।

अध्यक्ष गिरीले भने ‘वडावासीका आधारभुत आवश्यकताका सवालमा आफु परिचित रहेको र लामो वर्षको राजनितिक अनुभवले पनि आफुलाई धेरै कुरा सिकाएको ,वडामा शिक्षा ,स्वास्थ्य ,खानेपानी,विधुत,सडकजस्ता विकासका पुर्वाधारको निर्माणमा साथै व्यवस्थापनमा मेरो प्रमुख प्रथामिकता रहने उनले बताए ।यतिवेला नेकपा एमाले पार्टीमा गिजोलिने होईन,पार्टीले विश्वास गरी टिकट दिए जित्छु भयन भने पार्टीलाई जिताउन लागी पर्दछु’ वडा कमिटि अध्यक्ष गिरीले बताए।

वि.स. २०६८ साल देखी नेकपा एमालेमा आवद्ध रहेका अध्यक्ष गिरी वि.स.२०७० मा भएको पार्टीको सातौँ महाधिवेशनबाट वार्ड कमिटीको उपाध्यक्षको जिम्मेवारी लिदैँ वि.स २०७२ को आठौँ महाधिवेशबाट वडा कमिटीको अध्यक्षमा निर्वाचित भएका थिए ।मुलक संघियतामा गएसंगैँ २०७४ को पहिलो स्थानीय तहमा वडा अध्यक्षमा थोरै मतान्तरले पराजय भोगेका गिरी एक कुशल राजनितिज्ञका रुपमा चिनिने गरेको छन। सरल स्वभाव र प्रष्टबोली ,सत्यताको पक्षधरका रुपमा उहाँलाई चित्रण गर्ने गरिन्छ। ।

पार्टीको २०७८ को नौँँ महाधिवेशनबाट सर्वसम्मत वडा कमिटिमा चयन भएका गिरी नेकपा एमाले सान्नि त्रिवेणी गाँउ कमिटिको सदस्य पनि रहेका छन ।विगत ३ दशक लामो राजनीतिक अनुभव लिएका गिरी नेकपा एमाले सान्नि त्रिवेणी गाँउपालिका वडा नम्वर १ को वडाअध्यक्षको बलियो उमेद्वारका रुपमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचन:सल्यानमा सत्तारुढ दलविच चुनावी तालमेल नगर्ने निर्णय

४ बैशाख २०७९, आईतवार १२:०४
  सुर्खेत।सत्तारुढ दलहरुविच देशैभर स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गरेपनि कतिपय जिल्लाहरुमा गठबन्धन पेचिलो बन्दै आएको छ ।सुर्खेतको लेकवेशी नगरपालिका–५ नेटामा काँग्रेसको वडा कार्य समितिले गठबन्धन नगर्ने भन्दै राजिनामा दिएको २४ घण्टा वित्न नपाउँदै सल्यान जिल्लामा गठबन्धन नगर्ने निर्णय गरिएको छ । पालिकामा कसले कति पाउने भन्ने विषयमा कुरो […]

सम्बन्धित शीर्षक