वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

कर्णाली अनलाइन २७ असार २०८३, शनिबार १६:४३

काठमाडौँ।आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरलाई विभिन्न ठाउँबाट पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेहरूमा काठमाडाैँ बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडाैँ तारकेश्वर नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडाैँ टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडाैँ महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडाैँ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन्।

पक्राउ मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७ हजार रूपैयाँ, धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९५ हजार रूपैयाँ, उमेशले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएकेा हाे।

कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका-२ बाट र धन बहादुरलाई तारकेश्वर नगरपालिका-८ बाट बिहीबार तथा उमेशलाई टोखा नगरपालिका-५ बाट, सचितालाई काठमाडाैँ महानगरपालिका-३ बाट र निरोजलाई काठमाडाैँ महानगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडाैँ पठाइएको छ।

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरलाई विभिन्न ठाउँबाट पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेहरूमा काठमाडाैँ बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडाैँ तारकेश्वर नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडाैँ टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडाैँ महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडाैँ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन्।

पक्राउ मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७ हजार रूपैयाँ, धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९५ हजार रूपैयाँ, उमेशले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएकेा हाे।

कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका-२ बाट र धन बहादुरलाई तारकेश्वर नगरपालिका-८ बाट बिहीबार तथा उमेशलाई टोखा नगरपालिका-५ बाट, सचितालाई काठमाडाैँ महानगरपालिका-३ बाट र निरोजलाई काठमाडाैँ महानगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडाैँ पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आत्मदाह प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको निधन

२७ असार २०८३, शनिबार १६:४३
  काठमाडौं । आत्मदाह प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको निधन भएको छ ।काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ५० वर्षीय  राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । उनले आज बिहान बुद्धनगरस्थित आफनै घरमा आत्मदाह गरेका थिए । ५० प्रतिशत जलेका  उनकाे केहीबेर अघि उपचारकाे क्रममा निधन भएकाे  जिल्ला प्रहरी […]