कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्ने

कर्णाली अनलाइन ११ कार्तिक २०७९, शुक्रबार १४:२१

काठमाडौँ । कांग्रेसले (भोलि) शनिबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।

तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको वलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखको लोकप्रिय लोकनृत्य ‘भोसो’

११ कार्तिक २०७९, शुक्रबार १४:२१
दैलेख।कर्णालीको दैलेखमा​ खेलिने लोकनृत्य हो, भोसो। ,जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा पनि भोसो खेलिन्छ। दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने परम्परा छ । जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी अहिले पनि खेलिन्छ। दैलेखको जाहरकोट, […]