११ बर्षपछि विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

कर्णाली अनलाइन २९ कार्तिक २०७९, मंगलवार २०:०४

काठमाडौं ।आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। ७ अर्ब जनसंख्या पुगेको ११ वर्षमा विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ।

२० औँ शताब्दीमा विश्वव्यापी रूपमा देखा परेका विभिन्न संकटका कारण अब अर्को एक अर्ब जनसंख्या थपिन भने १५ वर्ष लाग्न सक्ने राष्ट्रसंघको अनुमान छ। राष्ट्र संघले यसपछि सन् २०८० सम्म पनि विश्वको जनसंख्या १० अर्ब पुग्न नसक्ने अनुमान गरेको छ।

विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो। त्यहाँ करिब १ अर्ब ४४ करोड जनसंख्या छ। यस्तै भारतमा १ अर्ब ३८ करोडभन्दा बढी जनसंख्या छ। त्यस्तै अमेरिकाको जनसंख्या ३३ करोड तथा इन्डोनेशियाको जनसंख्या २७ करोडभन्दा बढी रहेको वल्डोमिटरको तथ्यांक छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावको दिन आन्तरिक उडान बन्द

२९ कार्तिक २०७९, मंगलवार २०:०४
काठमाडौं । आगामी मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ । प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानस्थल रहेपनि आन्तरिक उडान बन्द हुने  बताए । उनले भने, ‘एयरलाइन्सहरुले ४ गतेका लागि कुनै पनि टिकट नबेचेको जानकारी दिएका […]