विद्यार्थी सवार बस सुर्खेतमा दुर्घटना,२ विद्यार्थी घाइते

कर्णाली अनलाइन ४ फाल्गुन २०८१, आईतवार २०:१०

सुर्खेत । बाजुराबाट कर्णाली राजमार्ग भएर सुर्खेतहुँदै पोखरा भ्रमणमा जाँदै गरेकाे बस आइतबार साँझ सुर्खेतमा दुर्घटनमा परेको छ।सुदूर पश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्गकाे बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको हाे।

बाजुरा जिल्लाको भानुदय विद्यालयका २६ जना विद्यार्थी बोकेर पाेखरा भ्रमणको लागि हिडेको थियो।बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। २६ जना विद्यार्थीहरु मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन्।

प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका ६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय रहेका छन्।उनिहरुलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ।

अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जैशीको दुबै हात, खुट्टा र ढाँडमा चोट लागेको छ भने उपाध्यायको छातिमा चोट लागेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको सिंजामा बित्तीय साक्षरता लिनेको उर्लियो जनसागर

४ फाल्गुन २०८१, आईतवार २०:१०
जुम्ला। जिल्लाको सिंजा गाउँपालिका वडा न.३ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिंजाले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सिंजा गाउपालिका वडा न ५ गोरामा सोमबार संचालन गरेको छ। उक्त कार्यक्रममा ४५ भन्दा बढी स्थानिएको उपस्तिथि रहेको थियो। सिंजा शाखा कार्यालयले पुस १६ गते देखि हाल […]