रवि लामिछानेका चालक थापाको निधन

कर्णाली अनलाइन १९ बैशाख २०८०, मंगलवार १६:०६
फाइल फोटो
फाइल फोटो

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको निधन भएको छ।ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थापाको आज अपराह्न मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

स्वास्थमा कुनै सुधार नदेखिएपछि आजै परिवारको आग्रहमा उनलाई भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको थियो। भेन्टिलेटरबाट निकालिएसँगै उनको मृत्यु भएको हो।

आफन्तले शव अस्पतालबाट लिएर गइसकेको समेत अस्पताल स्रोतले जनाएको छ।लामिछानेका सवारी चालक थापा गत वैशाख ४ गते बिहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेकै घरको छतबाट खसेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका थिए।

उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा भर्ना गरिएका थापालाई थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए बिश्वसको मत

१९ बैशाख २०८०, मंगलवार १६:०६
  पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिश्वासको मत पाएका छन् ।वैशाख १४ गते माओवादी र एकीकृत समाजवादीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । पाण्डेको पक्षमा ३५ मत परेको छ भने विपक्षमा २२ मत परेको छ । २ मत तटस्थ छ । राप्रपाले मतदान गरेन । पाण्डेलाई कांग्रेसका २७, […]