प्रधानमन्त्री देउवा आउँदो १८ गते भारत भ्रमणमा जाने

कर्णाली अनलाइन ११ चैत्र २०७८, शुक्रबार ०५:३३

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनु भएको छ । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवा पहिलो औपचारिक भ्रमणमा भारत जान लाग्नु भएको हो । उहाँ आउँदो १८ गते भारत जाने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा तीन  दिने औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण भएको एक हप्ताभित्रै देउवा भारत जान लाग्नु भएको हो । यसअघि देउवाको भारत भ्रमण रद्द भएको थियो ।

गएको पुसमा भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भनिए पनि कोरोनाका कारण त्यो कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो ।देउवाले पछिल्लो पटक २०७४ साल भदौमा भारतको पाँच दिने राजकीय भ्रमण गर्नु भएको थियो । नेपालले भारतको अतिक्रमणमा परेको लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा ल्याएपछि नेपाल र भारतको सम्बन्ध चिसिएको छ ।

लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नाे दाबी गर्दै आएको छ । त्यसयता सीमा विवाद, दार्चुलाको तुइन घटना लगायतका कारण दुई देशको सम्बन्ध सुमधुर छैन । कुटनीतिज्ञले छिमेकी देशसँग सुमधुर सम्बन्ध राख्नु पर्नेमा जोड दिँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ स्थानीय तह चुनावको कार्यतालिका (सुचीसहित)

११ चैत्र २०७८, शुक्रबार ०५:३३
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रक्रिया वैशाख दोस्रो सातादेखि शुरु हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको हो । उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको […]