वडाध्यक्षद्वारा ५ वर्षको तलब विद्यालयलाई प्रदान

कर्णाली अनलाइन ११ चैत्र २०७८, शुक्रबार १५:३९

बझाङ । पृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँच वर्षको तलब एक विद्यालयलाई दिएका छन । आज शुक्रवार एक कार्यक्रमकाबीच विष्टले आफ्नो पाँच वर्षको तलब सत्यवादी उच्च मावि भोजपुरमा विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न दिएका हुन ।

उहाँले २०७६ भदौ २१ गते आफ्नो तलब, भत्ता सबै सत्यवादी उच्च माविलाई उपलब्ध गराउने बताएका थिए । वडाध्यक्ष विष्टले आफ्नो तलब, भत्ता र थप दुई लाख गरी १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम उपलब्ध गराएका हुन । उहाँले त्यो रकम विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका छन।

आफूले कक्षा ६ देखि १० सम्म छात्रवृत्ति पाएर नै पढेको बताउँदै विष्टले सबैका छोराछोरी विद्यालय पढ्न नसक्ने भएकाले छात्रवृत्तिले ठूलो महत्त्व रहेको बताए । सत्यवादी उच्च माविका प्रधानाध्यापक रामदत्त उपाध्यायले अध्यक्ष विष्टलाई धन्यवाद दिए । विष्ट नेपाली कांग्रेसबाट स्थानीय तहको चुनावमा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा

११ चैत्र २०७८, शुक्रबार १५:३९
काठमाडौं ।सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छन् । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी भएकी हुन् । विमलाले ८५ मत ल्याउँदा  कमला पन्थीले ८३ मत प्राप्त गरेकी थिइन् । त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा […]