नेपाल बार एशोसिएशनकोे निर्वाचनको मतपरिणाम:अध्यक्षमा घिमिरेको अग्रता

कर्णाली अनलाइन २२ चैत्र २०७८, मंगलवार १७:०६

काठमाडौँ।नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रिय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशिल समावेशी तथा पेसागत कानुन व्यवसायी समुहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता दिएका छन।

घिमिरेले हालसम्म गणना भएको मध्ये ७७७ मत प्राप्त गरेका छन भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समुहका अध्यक्ष विष्णुमणि अधिकारीले ३७२ मत प्राप्त गरेका छन् हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समुहको अग्रता रहेको छ । महासचिवमा हालसम्म अन्जिता खनालले ६९७ र केदारप्रसाद कोइरालाले ४४३ मत प्राप्त गरेका छन ।कोषाध्यक्षमा भरतबहादुर राउतले ७५३ र जगतबहादुर कार्कीले ३९२ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिए।

पुन:मतगणना प्रारम्भ बुधवार विहान ९ बजेदेखि गरिने तथा पुर्णरुपमा नतिजा भने शुक्रबार मात्र आउने निर्वाचन अधिकृत पाठकले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो

२२ चैत्र २०७८, मंगलवार १७:०६
काठमाण्डौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । तोलामा तीन सय रुपैयाँले घटेर आज सुनको भाउ तोलामा ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।