लोक सेवाका स्थगित परीक्षा फागुन ६ देखि सुरु हुने

कर्णाली अनलाइन २० माघ २०७८, बिहीबार ०९:४२

काठमाडौँ।लोक सेवा आयोगका स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि सुरु हुने भएका छन्। आयोगको बुधबार बसेको बैठकले स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।यसअघि कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि आयोगले माघ ६ गते सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी गराएको थियो।

आयोगले सूचना जारी गर्दै  स्थगित भएका उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकगायक खत्री उपाध्यक्षमा चयन

२० माघ २०७८, बिहीबार ०९:४२
बागलुङ।लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा […]