जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प. दुई जनाको ज्यान गयो, कम्तीमा ९० जना घाइते

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार ०५:२९

जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको ज्यान गएको छ । कम्तीमा ९० जना घाइते भएका छन् ।

उत्तर पूर्वी जापानमा हिजो बेलुका ७ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प गएको हो । भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको जनाएको छ।

भूकम्प प्रभावित क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । अस्थायी रूपमा झण्डै २० लाख घरमा विद्युत् सेवा कटौती भएको छ । विद्युत् नियमित गर्न प्रयास भइरहेको छ । सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

सन् २०११ को शक्तिशाली भूकम्पले जापानमा सुनामी आएको थियो । फुकुशिमा आणविक प्लान्टलाई ध्वस्त बनाएको थियो भने प्लान्टबाट विकिरण चुहिएर विपत्ति निम्तिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह गरेको छ: मुख्यमन्त्री शाही

३ चैत्र २०७८, बिहीबार ०५:२९
सुर्खेत।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताएका छन् ।फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पु¥याउने बताएका हुन् । […]