महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छः मुख्यमन्त्री शाही

कर्णाली अनलाइन ३ पुष २०७८, शनिबार १०:५७

कर्णाली।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन्।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए।

सन्देशमा उनले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन्। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जीत–हारलाई सामान्यरुपमा लिनुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले राष्ट्रिय चुनावमा पिछडिएका क्षेत्रका पार्टी कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने ध्येयमा आफू रहेको उल्लेख गरेका छन्।

उनले सन्देशमा भनेका छन्, ‘मप्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबुटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ – भीम रावल

३ पुष २०७८, शनिबार १०:५७
काठमाडौँ।नेकपा एमालेका नेता भीम रावलले आफूलाई नसोधी दिइने कुनै पनि जिम्मेवारी स्वीकार नगर्ने बताएका छन्।एमालेले नेता रावललाई सल्लाहकार परिषद्को सदस्यमा नियुक्त गरिएको बताएको थियो। तर रावलले आफूलाई यसबारेमा कुनै जानकारी नरहेको र ‘टीके’ प्रणालीको विरोधमा रहेको बताएका छन्। उनले ट्वीट गरेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य […]

सम्बन्धित शीर्षक