भारतमा अदालतभित्र बम विस्फोट, २ जनाको मृत्यु

कर्णाली अनलाइन ८ पुष २०७८, बिहीबार १०:५१

पन्जाब ।भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ। बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब साढे १२ बजे अदालतको बाथरुममा विस्फोट भएको थियो।विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ। विस्फोटलगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ।

सो अदालत लुधियाना सहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यालयनजिक पर्छ। अदालतमा कसले विस्फोट गराएको भन्नेबारेमा केही खुलाइएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। -न्युज कारखाना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बन्दुक तेर्स्याएर अमेरिकी सांसदको कार चोरी

८ पुष २०७८, बिहीबार १०:५१
फिलाडेल्फिया।अमेरिकी सिनेटर म्यारी गे स्क्यानलोनलाई दुई व्यक्तिले बन्दुक तेर्स्याउँदै उनको कार लिएर भागेका छन्।दक्षिण फिलाडेल्फियाको पार्कमा उनीहरूले सिनेटरको कारको चाबी लिए र त्यसपछि उनको गाडी लिएर भागे। घटनामा सांसदलाई कुनै चोटपटक लागेको छैन। प्रहरी र स्क्यानलोनको कार्यालयले यो जानकारी दिएको हो। पुलिसले सिनेटर स्क्यानलोन बुधबार स्थानीय समय दिउँसो ३ बजेभन्दा […]