बन्दुक तेर्स्याएर अमेरिकी सांसदको कार चोरी

कर्णाली अनलाइन ८ पुष २०७८, बिहीबार ११:००

फिलाडेल्फिया।अमेरिकी सिनेटर म्यारी गे स्क्यानलोनलाई दुई व्यक्तिले बन्दुक तेर्स्याउँदै उनको कार लिएर भागेका छन्।दक्षिण फिलाडेल्फियाको पार्कमा उनीहरूले सिनेटरको कारको चाबी लिए र त्यसपछि उनको गाडी लिएर भागे। घटनामा सांसदलाई कुनै चोटपटक लागेको छैन। प्रहरी र स्क्यानलोनको कार्यालयले यो जानकारी दिएको हो।

पुलिसले सिनेटर स्क्यानलोन बुधबार स्थानीय समय दिउँसो ३ बजेभन्दा केही मिनेटअघि एफडीआर पार्कमा बैठकपछि आफ्नो कारमा जाँदै थिइन्। त्यतिखेर सशस्त्र दुईजना व्यक्तिले उनको कारको चाबी मागे।​

स्क्यानलोनले उनीहरूलाई साँचो दिइन् र तीमध्ये एकजनाले उनको नीलो एक्यूरा एमडीएक्स चलाउँदै लगे र अर्को व्यक्तिले अर्को गाडीमा उनलाई पछ्याए।स्क्यानलोनका सञ्चार निर्देशक लरेन कक्सले सांसदलाई कुनै चोटपटक नलागेको बताए।

गाडीमा सिनेटरको व्यक्तिगत र कामका सामान रहेको प्रहरीले जनाएको छ।डब्ल्यूपिभिआई-टिभीको समाचार अनुसार कारमा सिनेटरको व्यक्तिगत तथा सरकारी फोन, पर्स र केही कागजपत्र थिए।प्रहरीले फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबिआई)सँगको सहकार्यमा यो विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

सिनेटर स्क्यानलोनले पेन्सिल्भानियाबाट प्रतिनिधित्व गर्छिन्।लोनले पेन्सिल्भानियाबाट प्रतिनिधित्व गर्छिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा २९३ कोरोना संक्रमण थपिए, २६३ जना संक्रमणमुक्त

८ पुष २०७८, बिहीबार ११:००
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८१ पुगेको छ। बिहीबार २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार […]