अफगानी मदरसामा विस्फोट : १६ को मृत्यु‚ २४ घाइते

कर्णाली अनलाइन १४ मंसिर २०७९, बुधबार २०:१७

काबुल।अफगानिस्तानमा बम विस्फोटमा कम्तीमा १६ जना विद्यार्थीको मृत्यु भएको छ। त्यस क्रममा २४ जना घाइते भएका छन्।बम विस्फोट सामंगन प्रान्तको मध्यभागमा रहेको ऐबाक शहरको मदरसामा भएको थियो। अफगानिस्तानमा वेलावेला यस्ता आतंकवादी घटना हुने गरेका छन्। दुई महिनाअघि काबुलमा पनि बम विस्फोट भएको थियो।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले उत्तरी सामंगन प्रान्तको राजधानी ऐबाकमा भएको विस्फोटमा धेरै घाइते भएको जानकारी दिएका छन्। टोलो न्यूजले एक चिकित्सकलाई उद्धृत गर्दै विस्फोटमा १६ जनाको मृत्यु भएको जनाएको छ। करिब २७ जना घाइते भएका छन्। मदरसामा दिउँसोको नमाजका वेला विस्फोट भएको हो। विस्फोट भएको मदरसा हालै निर्माण गरिएको हो।

रिपोर्टका अनुसार विस्फोटमा ज्यान गुमाउने र घाइते भएका अधिकांश मदरसामा अध्ययनरत विद्यार्थी रहेका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

तालिबान अगस्ट २०२१ मा सत्तामा फर्किएको छ। त्यसयता यहाँ धेरै विस्फोट भएका छन्। कुनै विस्फोटको जम्मेवारी भने इस्लामिक स्टेट खोरासान (आईएसकेपी) ले लिने गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाेलखामा पुन: मतदान सुरु

१४ मंसिर २०७९, बुधबार २०:१७
  सुर्खेत।दाेलखामा पुन: मतदान सुरु भएकाे छ।मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भएकाे हाे र साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। १० मतदान केन्द्रमा मतदान सुरु भएकाे हाे। जहाँ कुल ८ हजार ५१४ मतदाता रहेका छन्।वैत्यश्वर गाउँपालिका- ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को […]