कर्णाली सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

कर्णाली अनलाइन २४ जेष्ठ २०७९, मंगलवार १५:५२

सुर्खेत ।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको आठौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अंगिकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोचअनुरूप समावेशी आर्थिक, सामाजिक रूपान्तरण एवं गरिबी निवारणतर्फ प्रस्तुत नीति तथा कार्यक्रम परिलक्षित रहेको छ।

कर्णाली विकासको प्रमुख आधार ‘६ ब’ अर्थात् बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचारः यसमा हामी सबैको सहकार्य र सरोकार’को मूल उद्देश्य लिइ विगत वर्षका सफल नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौसम पूर्वानुमान महाशाखा-देशैभर हल्कादेखि मध्यम वर्षा

२४ जेष्ठ २०७९, मंगलवार १५:५२
काठमाडौं । देशैभर हल्कादेखि मध्यम वर्षा हुने मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]