बोहराटार पुगे कोइराला, पौडेलसँग के कुरा भयो ?

कर्णाली अनलाइन २७ मंसिर २०७८, सोमबार ०६:४०

काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन्। कोइरालाले सोमबार बिहान पौडेल निवास बोहराटारमै पुगेर उनीसँग भेट गरेका हुन्।

काँग्रेस वरिष्ठ नेता पौडेलले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेको खबर बाहिरिएपछि कोइराला पौडेललाई भेट्न पुगेका थिए। भेटमा नेता पौडेलले बाहिरी हल्लाको पछि नलाग्न कोइरालालाई सुझाव दिएका थिए। भेटमा पौडेलले कोइरालालाई जीतको शुभकामना दिएकाको कोइरालाको सचिवालयले जनाएको छ।

पौडेललाई उद्धृत गर्दै कोइरालाको सचिवालयले भन्यो भने, ‘नेतृत्व परिवर्तनको अहिलेको आवश्यकता हो। तपाईलाई शुभकामना छ।’ भेटका अवसरमा पौडेलले संस्थापनइतर एक हुन नसकेको भने दुःख प्रकट गरेका थिए। पौडेलले प्रतिस्पर्धाबाट आफू बाहिरिए पनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन आग्रह गरे।

काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ। सभापतिका ५ उम्मेदवार छन्। सभापति दौडमा शेरबहादुर देउवा र कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'ए' डिभिजन लिग : थ्रीस्टार र एपीएफबीचको खेल गोलरहित बराबरी

२७ मंसिर २०७८, सोमबार ०६:४०
काठमाडौँ ।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले एकरएक अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्रीस्टार र एपीएफले गोलरहित बराबरी खल्दै एकरएक अंक बाँडे । यस बराबरीसँगै एपीएफले लिगको चौथो खेलमा […]