बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु

कर्णाली अनलाइन ४ पुष २०७८, आईतवार ११:३७

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन ।

बैठकमा संसद्मा जारी गतिरोध र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका कानून विज्ञ अधिवक्ता केशवराज जोशीले  जानकारी दिए । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसद्मा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बस्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा भालुको आक्रमणबाट एक जना गम्भिर घाइते

४ पुष २०७८, आईतवार ११:३७
कालिकोट।जिल्लाको रास्कोट नगरपालिका वार्ड न.८ फुकोटमा भालुको आक्रमणमा परिे एकजना गम्भिर घाइते भएका छन। घाइते हुनेमा रास्कोट नगरपालिका वार्ड न ८ का वर्ष ५२ का सर्पानन्द बराल रहेका छन । विहान करिव नौ बजे तिर निमार्णधिन फुकोट बिधुत गृहको गिट्टी कुट्न भनी त्यस तर्फ जाने क्रममा बराललाई भालुले आक्रमण गरेको […]