बझाङ केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प

कर्णाली अनलाइन १६ आश्विन २०८०, मंगलवार १५:२८

सुर्खेत।पश्चिम नेपाल भूकम्पको कम्पनले हल्लिएको छ । बझाङको तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको महसुस सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ । क्षतिबारे भने कुनै विवरणहरू प्राप्त भएका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२० बुँदे मागसहित स्थानीय तहका कर्मचारी छैटौं दिन पनि आन्दोलित

१६ आश्विन २०८०, मंगलवार १५:२८
काठमाडौं।स्थानीय तहमा कार्यरत कर्मचारीहरूले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन गरेका छन्। शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भइ उनीहरूले आन्दोलन गरेका हुन्। उनीहरूले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने […]