काठमाडौँ प्रहरी प्रमुखलाई आक्रमण गर्ने २ पक्राउ

कर्णाली अनलाइन १९ फाल्गुन २०७९, शुक्रबार १४:४०

काठमाडाैँ।काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीले सुनसरीबाट नारायण पारिश्रमिक र काठमाडौँबाट हुकुमबहादुर लामालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।

प्रहरीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेर ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको हो।गत मंसिर १२ मा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खालि गर्न जाँदा महानगर प्रहरी प्रमुख पाण्डेसहित अन्य प्रहरीहरुलाई स्थानीयले आक्रमण गरेका थिए।सोहीमध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोसपाका नेतासँग नेम्वाङले मागे भोट

१९ फाल्गुन २०७९, शुक्रबार १४:४०
काठमाडौं ।नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवास नेम्वाङसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मत मागेका छन् ।लोसपाको पार्टी कार्यालयमा पुगेका एमाले नेताहरूले अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग राष्ट्रपतिमा सहयोग मागेका हुन्। नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताहरू थिए। मत मागेपछि नेता भट्टराईले नेम्वाङ राष्ट्रपति हुनुपर्नेमा लोसपा […]