चट्याङले एकको मृत्यु, तीन घाइते

कर्णाली अनलाइन ८ जेष्ठ २०७९, आईतवार १६:१७

बाग्लुङ।ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आइतबार दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

चट्याङ लागेर गम्भीर घाइते भएका कालीप्रसाद विकका छोरा १९ वर्षीय बालचन्द्रको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।चट्याङ लागेर सोही ठाउँका जेने विकका १६ वर्षीय छोरा बिटु विक, डल्ले विककी छोरी १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी गम्भीर घाइते भएका छन् ।

घाइते तीनै जनालाई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

८ जेष्ठ २०७९, आईतवार १६:१७
भैरहवा।जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ।सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ। विमान यात्रु ओरालेर एप्रोनमा छ। १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए।उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो। विमान अवतरण […]

सम्बन्धित शीर्षक