चितवनमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै सुकुम्बासीहरूले गरे प्रदर्शन

कर्णाली अनलाइन २१ मंसिर २०७८, मंगलवार १०:०२

चितवन। पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलबार प्रदर्शन गरेका छन्। नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्र्दै याली र प्रदर्शन गरेको हो। लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै उनीहरुले रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्र्दै याली र प्रदर्शन गरेको हो।

निर्वाचनअघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने सुकुम्बासीहरूको योजना छ। केपी ओलीको सरकारले गठन गरेको सुकुम्बासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण अन्योल बनेको छ।

लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुम्बासी समुदाय आन्दोलित बनेको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए।

र्यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुम्बासीको सहभागी थियो। सहभागीहरूले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका थिए। रत्ननगरको निपनी चोकबाट सुरु भएर्को याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा कोण सभामा परिणत भएको थियो।

सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रूपमा देशव्यापी अभियान सुरु गरेको बताए। लालपुर्जा नपाए आगामी तीनै तहको निर्वाचनमा सुकुम्बासी समुदायले भोट नहाल्ने उनको भनाइ छ। नेपालमा ७० लाख सुकुम्बासी र ४० लाख सुकुम्बासी मतदाता रहेको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चोलेन्द्रलाई हटाउँदैमा न्यायालय सच्चिँदैन:अध्यक्ष ओली

२१ मंसिर २०७८, मंगलवार १०:०२
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायपालिका ध्वस्त भएको बताएका छन्।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका नेपाल बार एशोसियसनका पदाधिकारीसँगको भेटमा बोल्दै अध्यक्ष ओलीले न्यायपालिका अहिले स्वच्छ र निष्पक्ष नरहेको बताएका हुन्। उनले भने, ‘न्यायालय स्वच्छ र निष्पक्ष रहनुपर्छ। तर अहिले न्यायालय न […]