नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया शुरु

कर्णाली अनलाइन १० फाल्गुन २०७८, मंगलवार ०४:२२

काठमाडौं।नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया शुरु भएको छ। आगामी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया शुरु भएको हो।निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्रक्रिया शुरु हुनेछ।

१९ चैतमा हुने निर्वाचनवाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ।निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भएपछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ भने सो प्रक्रिया आरम्भ भएको ५ दिन पछि १९ फागुनमा जाँचबुझ गरी २० फागुनमा अन्तिम नामावली प्रकाशन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लमजुङमा पुनः भूकम्पको धक्का

१० फाल्गुन २०७८, मंगलवार ०४:२२
लमजुङ।लमजुङमा पुनः भूकम्प गएको छ । मंगलबार बिहान २ बजेर २२ मिनेट जाँदा बेसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । अधिकांश मानिस […]