लोसपाका नेतासँग नेम्वाङले मागे भोट

कर्णाली अनलाइन १९ फाल्गुन २०७९, शुक्रबार १४:५५

काठमाडौं ।नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवास नेम्वाङसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मत मागेका छन् ।लोसपाको पार्टी कार्यालयमा पुगेका एमाले नेताहरूले अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग राष्ट्रपतिमा सहयोग मागेका हुन्।

नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताहरू थिए। मत मागेपछि नेता भट्टराईले नेम्वाङ राष्ट्रपति हुनुपर्नेमा लोसपा सकरात्मक रहेको र आगामी बैठकबाट निर्णय गर्ने जानकारी पाएको बताए।

भेटपछि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू ८ दलीय गठबन्धनमा रहे पनि एमालेले मत मागेको प्रतिक्रिया दिए। पार्टी अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमति जुटाएर राष्ट्रपतिको उम्मेदवार बनाउन चाहे पनि सम्भव नभएको उनले दाबी गरे।

एमाले नेताहरूले अब जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग मत माग्ने कार्यक्रम रहेको छ । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेम्वाङले लगातार भोट माग्ने अभियान चलाइरहेका छन् । बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग सहयोग मागेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आयोजकलाई हराउँदै चुली क्लवको उपाधी रुकुमपश्चिमलाई

१९ फाल्गुन २०७९, शुक्रबार १४:५५
सुर्खेत । वीरेन्द्रनगरमा जारी दोस्रो चुली युवा कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक क्लव चुलीलाई हराउँदै रुकुमपश्चिमीले उपाधी जितेको हो । फाइनल खेलमा चुलीले पहिलो एक सेट जित्दा रुकुम पश्चिमले लगातार तीन सेट जितेर उपाधी जितेको छ । विजेताले […]

सम्बन्धित शीर्षक