उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

कर्णाली अनलाइन १६ माघ २०७८, आईतवार ०५:५६

एजेन्सी।उत्तर कोरियाले पछिल्लो पाँच वर्षयताकै शक्तिशाली मिसाइल परीक्षण गरेको छ। आइतबार बिहान परीक्षण गरेको मिसाइल सन् २०१७ यताकै शक्तिशाली रहेको अनुमान गरिएको छ।उत्तर कोरियाले स्थानीय समयअनुसार आइतबार बिहान ७ बजेर ५२ मिनेट जाँदा पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ।

अमेरिका, जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियाको आलोचना गरेका छन्। उत्तर कोरियाले यो जनवरीमा सातौँपटक मिसाइल परीक्षण गरेको हो।ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न नपाउने गरी संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ। तर उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ।

उत्तर कोरियाले आइतबार मध्यम दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले जनाएको छ। यसअघि यो क्षमताको मिसाइल उत्तर कोरियाले सन् २०१७ को नोभेम्बरमा परीक्षण गरेको थियो।आइतबारको मिसाइल दुई हजार किलोमिटरको उचाइमा पुगेर ८०० किलोमिटर पर पुगेको जापान र दक्षिण कोरियाका अधिकारीले आँकलन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैनचौरस्थित शहीद स्तम्भमा प्रधानमन्त्री देउवाद्वारा मार्ल्यापण

१६ माघ २०७८, आईतवार ०५:५६
काठमाडौँ।काठमाडौँको लैनचौरस्थित शहीद स्तम्भमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदप्रति सम्मान प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार त्यहाँ रहेको शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् । शहीद दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका हुन् । प्रधानमन्त्रीसहित सो कार्यक्रममा विभिन्न दलका नेता तथा सरकारी कर्मचारी एवम् सुरक्षाकर्मीको […]