१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दै

कर्णाली अनलाइन १३ पुष २०७८, मंगलवार ०६:२८

काठमाण्डाै ।१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दैछ ।समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो ।नेपाल पहिलो खेलमा नेपाल बङ्गलादेशसँग तथा दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

यूएईमा बिहान सवा ११ बजे हुने खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाडो भगाउन जाँड रक्सी खाँदा हृदयघातको जोखिम

१३ पुष २०७८, मंगलवार ०६:२८
काठमाडौँ।चिसो समयमा बालबालिका तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा असर पर्ने भएकाले विशेष ख्याल गर्न डाक्टरको सुझाव छ ।चिसोमा दम, मुटु तथा फोक्सो सम्बन्धी समस्या भएका दीर्घ रोगीलाई जोखिम धेरै हुने भएकाले उनीहरुलाई चिसोबाट जोगाउन डाक्टरले सुझाव दिएका हुन् ।चिसोको समयमा तातो न्यानो हुन हिटर तथा कोइला बाल्नुको साटो न्यानो कपडा लगाउन र […]