बाँके।नेपालगञ्जमा टिप्परको ठक्करबाट ६५ वर्षीय वीरबल भण्डारीको मृत्यु भएको छ।मंगलबार बिहान ८ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझामा भे १ क ६५७ नम्बरको टिप्परले ठक्कर दिँदा हुम्ला घर भई हाल राँझामा बस्ने भण्डारीको मृत्यु भएको हो ।
बृद्धलाई ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैबीच राँझामा स्थानीयले सडक अवरोध गरेका छन् । उचित क्षतिपूर्ति र कारबाहीको माग राख्दै स्थानीयले सडक अवरोध गरेका हुन् ।

