सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ०५:०१

काठमाडौँ।आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ ।निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि दुई करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो ।

जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली मंगलबार आउँदैछ ।‘नेपाली सेनासहित १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौँ’ आचार्यले भने, ‘त्यसका लागि सेनाको टोली मंगलबार आउँदैछ । सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउनेछ ।’

उनका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ ।हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ । तर, कहाँ–कहाँ सिसिटिभी क्यामेरा थप गर्ने भनेर सेनाले निक्र्यौल गर्ने उनले बताए ।उनका अनुसार दुई करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार अगाडि बढ्ने उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगको ११०२ टोल फ्रि आजबाट सञ्चालन

१५ चैत्र २०७८, मंगलवार ०५:०१
काठमाडौँ।स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ। निर्वाचनको आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्वरको टोल फ्रिका लागी कल सेन्टर सञ्चालन गर्न लागेको हो । आयोगका सहसचिव एव प्रवत्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम […]