कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

कर्णाली अनलाइन १२ जेष्ठ २०७९, बिहीबार ०४:३४

सुर्खेत।कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ।कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो।

उक्त विधेयक उनले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गरे कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए।यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेख बस दुर्घटनामा मृत्युहुने ४ जनाको पहिचान खुल्यो ,कालिकोटका २ ,दैलेखका २ जनाको मृत्यु

१२ जेष्ठ २०७९, बिहीबार ०४:३४
सु्र्खेत। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको खनाखत भएको छ । कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्वरको बस सिस्नेमा बुधवार राति ८ बजे दुर्घटना परेर चार जनाको मृत्यु भएको थियो। मृत्युहुनेमा दैलेख दुल्लु नगरपालिका ९ का प्रेम सुनार र काशीराम […]