रामेछापमा आगलागी हुदा अपाङ्गता भएकी एक किशोरीको ज्यान गयो

कर्णाली अनलाइन ३० फाल्गुन २०७८, सोमबार ०५:१८

काठमाण्डौं । रामेछापमा आगलागीमा परेर अपाङ्गता भएकी एक किशोरीको ज्यान गएको छ ।रामेछापको उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर बस्ने १८ वर्षकी मिनकुमारी मगरको ज्यान गएको प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अस्ति दिउँसाे मगर गोठमा एक्लै रहेका बेला आगलागी भएको थियो । आमा चन्द्रकुमारी मगर बाख्रालाई खोले बसालेर खेतबारीमा काम गर्न गएका बेला गोठमा आगो सल्किएको डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।ज्यान गुमाएकी मगर हिँडडुल गर्न र बोल्नसमेत नसक्ने हुनुहुन्थ्यो । आगलागीबाट गोठ पूरै जलेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द

३० फाल्गुन २०७८, सोमबार ०५:१८
काठमाण्डौं । सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ ।यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ ।लाइसेन्सका लागि आवेदन धेरै परेकाले […]

सम्बन्धित शीर्षक