सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित कँडेल समुहले निकाल्याे विजयी र्याली

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार ०७:३३

सुर्खेत ।  सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी भएका लक्ष्मण कँडेलकाे समूहले विजयी र्याली निकालेकाे छ । कँडेलले सत्ता गठबन्धन दल र राप्रपाबाट अध्यक्षका उम्मेद्वार बनेका हर्षविक्रम खड्कालाई ४८ मतान्तरले हराउँदै विजयी भएपछि कँडेलकाे समूहले आज वीरेन्द्रनगरमा विजयी र्याली निकालेका हुन् ।

कँडेलले ९११ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी हर्षविक्रम खड्काले ८६३ मत ल्याएका छन् । संघको १३ औं कार्यसमितिको नेतृत्व छान्नका लागि आइतबार भएको मतदानमा संघको नेतृत्वका लागि नेपाली कांग्रेसभित्रै दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । खड्कालाई सत्तागठबन्धनले समर्थन गरेको थियो भने कँडेललाई कांग्रेसका नेता शेखर कोइराला र नेकपा एमाले निकट व्यवसायीहरूले सहयोग गरेका थिए ।

नेपालीरैबारलाई संक्षित प्रतिक्रिया दिँदै निर्वाचित कँडेलले व्यवसायी साझा थलाेकाे रुपमा संघकाे नयाँ नेतृत्वमा विजयी गराउनु हुनु सबै मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । उनले व्यवसायीक हकहितमा सदैव प्रतिवद्ध रहने बताए ।

कर्णालीमा लगानी भित्र्याउन सरकारसँग संघले पुलकाे काम गर्ने बताए । उनले आफ्नाे कार्यकालमा नीजि क्षेत्रलाई अब्बल बनाउँन सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । कँडेल यसअघि संघकाे निवर्तमान महासचिव थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसले डोनबास क्षेत्रलाई निशाना बनायो, हामी डटेर संघर्ष गर्ने छौँ : जेलेन्स्की

६ बैशाख २०७९, मंगलवार ०७:३३
एजेन्सी।रुसले आफ्नो देशको पूर्वी क्षेत्र डोनबास कब्जा गर्नका लागि गम्भीर आक्रमण सुरु गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।रुसले डोनबास क्षेत्रका शहर-बजारमा सोमबार मिसाइल, रकेटसँगै गोलाबारी गरेको थियो । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले डोनबास क्षेत्रको रक्षाका लागि संघर्ष सुरू भएको बताए । युक्रेनका प्रमुख सुरक्षा अधिकारी ओलेक्सी दानिलोभका अनुसार […]