भीम रावल पार्टीको निर्देशनबिपरीत ‘हिरो’ बन्दै छन्: अध्यक्ष ओली

कर्णाली अनलाइन १७ फाल्गुन २०७८, मंगलवार ०९:३५

काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलका सांसद भीम रावलले पार्टी निर्देशन र निर्णयविपरीत आफूलाई हिरो देखाउने गरी संसदमा गतिविधि जारी राखेकोमा पार्टीको ध्यानाकर्षण भएको चेतावनी दिएका छन्।

एमसिसीबारे जानकारी दिन एमालेले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलननमा अध्यक्ष ओलीले भने- हाम्रै पार्टीका सल्लाहकार सदस्य भीम रावलले पार्टीको निर्णयविपरीत आफूलाई हिरो देखाउने गरी जुन भूमिका गरिरहनुभएको छ, त्यसमा पार्टीको ध्यानाकर्षित भएको छ।’

रावलले नेकपा एमालेले संसदमा बेल घेराउ गरिरहेकै अवस्थामा एमसिसीबारे धारणा राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरमा जारी कर्फ्यु ७ बजेबाट हटाइने(हेर्नुेहोस यी क्षेत्रमा निषेधाज्ञा तोकियो)

१७ फाल्गुन २०७८, मंगलवार ०९:३५
सुर्खेत।एमसीसी विरुद्ध सोमबार नेपाल बन्दको क्रममा अराजक समूहले आगजनी र भौतिक क्षती गरेपछि जारी कर्फ्यु साँझ ७ बजेबाट स्थानीय प्रशासनले हटाउने भएको छ । सोमबार दिउँसो प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पत्ती र पार्टी कार्यालयमा आगजनी गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको हो । दिनभरीको […]