काठमाडौँ।सत्ता गठबन्धनले बनाएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको छ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिमा पाँच दलका १० प्रतिनिधि छन्।
बैठकमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल कसरी गरेर जाने भन्नेबारे छलफल भइरहेको छ।बैठकमा सहभागी एक नेताका अनुसार सम्बन्धित जिल्लाबाट आएको प्रतिवेदनका आधारमा चुनावी ढाँचा तय गर्ने तयारी छ।