चितवन। नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयरको उम्मेद्वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ ।नेकपा एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेद्वार सिफारिस गरेको हो ।
सुवेदी प्रदेशसभा सदस्य समेत हुन् । २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. २ ख बाट विजयी भएका उनी अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्रीसमेत बनेका थिए ।भरतपुर-१२ का स्थायी वासिन्दा सुवेदी चितवनमा पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका थिए ।

