दक्षिणपन्थी, अवसरवादी, आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध हामी लगातार लडिरहेका छौँ’- अध्यक्ष नेपाल

कर्णाली अनलाइन २८ चैत्र २०७८, सोमबार ०४:४३

पर्वत ।नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूलो स्वर निकाल्दैमा डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।

समाजवादी प्रेस संगठन पर्वतले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीप्रति लक्षित गर्दै जसले गल्ती गर्छ उसैले ठूलो स्वर निकाल्ने गरेको टिप्पणी गरे।

‘जो चोर उसकै ठूलो स्वर भनेको जस्तो जसले गल्ती गर्छ उसैले ठूलो स्वर निकाल्छ। तर‚ चोरले ठूलो स्वर निकाल्यो भन्दैमा डराउनु पर्दैन,’ अध्यक्ष नेपालले भने, ‘दक्षिणपन्थी, अवसरवादी, निरंकुशवादी, आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध हामी लगातार लडिरहेका छौँ।’

नजिकिँदै गएको स्थानीय तहको निर्वाचनबारे बोल्दै उनले २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोही अनुसार सहमति हुने बताए। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ। एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउनेहरूको क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कारको ठक्करबाट बाँकेमा तीन जनाको ज्यान गयो

२८ चैत्र २०७८, सोमबार ०४:४३
बाँके। नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको ज्यान गएको छ ।गएराति पौने १२ बजे प्रदेश ३–०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपीचोक नजिक ठक्कर दिँदा पैदल यात्रु ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि अन्सारी इद्रिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । […]