आज नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको ३१ औं स्थापना वर्ष

कर्णाली अनलाइन १६ बैशाख २०७९, शुक्रबार ०६:५२

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको स्थापना भएको आज ३१ वर्ष पुरा भएको छ ।महासंघले स्थापना दिवसको अवसरमा बुधबार र बिहीबार पत्रकारहरुका लागि निशुल्क आँखा परीक्षण, रक्तदान कार्यक्रम र मैत्रीपूर्ण भलिबल प्रतियोगित सम्पन्न गरिसकेको छ भने आज शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

विस २०४९ साल वैशाख १६ गते सुर्खेत शाखाको स्थापना गरिएको थियो । सुर्खेत शाखाले स्थापना दिवसको अवसरमा सुर्खेत शाखाका सदस्य, जिल्लामा कार्यरत पत्रकार, सञ्चारगृह र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु सबैमा शुभकामना व्यक्त गरेको छ ।

महासंघले शुभकामना व्यक्त गर्दै पत्रकारहरुको श्रमजीवी पत्रकारहरुको अधिकार, हकहित र स्वतन्त्र पत्रकारिताको संस्थागत विकाससँगै राष्ट्रियता, लोकतन्त्र र जनअधिकारका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएको छ ।

वर्तमान जिल्ला कार्यसमितिले प्रेस स्वतन्त्रता र श्रमजीवीका सवाललाई केन्द्रविन्दूमा राखेर रणनीति निर्माण गर्दै त्यसलाई कार्यान्वयन गर्ने चरणमा अगाडी बढेको महासंघको भनाई छ ।

यस्तै महासंघले प्रेस स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्रको संरक्षण तथा मिडियाको संस्थागत विकास र प्रवद्र्धनका लागि आवश्यक नीति तथा योजना निर्माणमा गम्भीर बन्न स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।

यतिबेला देश निर्वाचनमा होमिएको र स्थानीय तहको निर्वाचनमा स्वतन्त्र भूमिका कायम राख्नुपर्ने जिम्मेवारी रहेको भन्दै पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्दै तटस्थ र स्वतन्त्र भूमिका निर्वाह गर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आव्हान गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवारी फिर्ता गराउन धाक धम्की, धरपकड र प्रलोभन नदेखाउन आयोगको आह्वान

१६ बैशाख २०७९, शुक्रबार ०६:५२
सुर्खेत।निर्वाचन आयोगले उम्मेदवारको राजीखुसी र दलको आधिकारिक निर्णयविना कसैको पनि उम्मेदवारी फिर्ता गराउने कार्यमा सहभागी नहुन आह्वान गरेको छ।आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनावमा भाग लिन पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्दै उम्मेदवारी फिर्ताका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन नदेखाउन चेतावनी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम पौडेलले भनेका […]