सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च जाने तयारीमा

कर्णाली अनलाइन ९ माघ २०७९, सोमबार १९:५६

काठमाडौँ।सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत जाने भएको छ।

जबरजस्ती करणी अभियोग लागेका क्रिकेटर लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा राख्न दिएको आदेश बदर गर्दै पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो। उक्त आदेश बेरीतको भएको भन्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिने तयारी गरेको महान्यायाधीवक्ता कार्यालयले जानकारी दियो।

सर्वोच्चमा निवेदन दिनका लागि उच्च सरकारी वकिलको कार्यालयले आवश्यक कागजात महान्यायाधीवक्ता कार्यालयमा पेश गरेको छ। सन्दीपलाई कडा पाँच वटा सर्त राख्दै उच्चले धरौटीमा रिहा गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

९ माघ २०७९, सोमबार १९:५६
  काठमाडौँ।संघीय संसद् सचिवालयले नेपाली काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ। काँग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखी संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो। गत साता नेपाली काँग्रेसले संसद् सचिवालयमा आफ्नो दललाई विपक्षी दलको मान्यता दिई सेवा सुविधा उपलब्ध गराउनुपर्ने […]